सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैनः मन्त्री शर्मा

काठमाडाैं | चैत २०, २०७९

सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैनः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन्।

 

सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कतिपय सञ्चारमाध्यमहरू सरकारकै तर्फबाट सञ्चालन भएतापनी ती सञ्चारमाध्यमहरु भजनमण्डली बन्न नहुने बताएकी हुन्। 

 

उनले त्यसका लागि सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको बताइन्। 

 

‘प्रसारण ऐन पारित भइरहँदा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा पनि नयाँ वातावरण सिर्जना गछ,’ उनले भनिन्। 

 

मन्त्री शर्माले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन लगायत थुप्रै कानुनहरु अभाव रहेको र कानुन बनाउन मन्त्रालयका विज्ञहरूसँग छलफल गरिरहेको जानकारी दिइन्। 

 

उनले जनतालाई सुसुचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरुलाई सञ्चारमाध्यमहरुले प्राथमिकता दिन जरुरी रहेको बताइन्।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्